प्यूठानकाे ददेरीमा जारी महायज्ञ सकियाे, करिब २३ लाख बढी नगद दान रकम संकलन
प्यूठान (ददेरी) २३ वैशाख । प्यूठानको सरूमारानी गाउँपालिका-२, ददेरी स्थित सत्य माध्यमिक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान तथा श्रृङ्गारिक महाआरती २०८२ सकिएकाे छ । विद्यालयको आयोजनामा शैक्षिक, भाैतिक तथा आर्थिक स्तरसुधारका लागि वैशाख १५ देखि २२ गते सम्म सञ्चालन भएको महायज्ञको साेमबार एक कार्यक्रमका बीच विधिवत रूपमा समापन गरिएको छ ।

उद्घाटन सहित आठ दिन सम्म चलेकाे महायज्ञमा करिब २३ लाख बढी नगद दान रकम संकलन भएकाे मूल आयाेजक समितीले जनाएकाे छ । महायज्ञ अबधिभर कलश दान बाहेक कुल ३ सय ४७ जनाले नगद रकम दान गर्नुभएकाे मूल आयाेजक समितीले जनाएकाे छ । यधपी अहिले सम्म कति नगद संकलन भएकाे भन्ने एकिन अन्तिम हिसाब किताब गर्न बाँकी रहेकाे छ ।
दानपेटीमा चढाईएकाे रकम र साेमबार राती सम्म भएकाे दान रकमकाे अन्तिम हिसाबकिताब गर्न बाँकी रहेकाेले कुल संकलन भएकाे दान रकमकाे अन्तिम हिसाब किताब कार्य गईरहेकाे महायज्ञ मूल आयाेजक समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पाैडेलले जानकारी दिए । उनले सबै हिसाब किताब गरेर केही दिन मै पत्रकार सम्मेलन गरी फाइनल आय-व्यय सार्वजनिक गर्ने बताए ।
साथै साेही दिन नै एक कार्यक्रमकाे आयाेजना गरी महायज्ञ सञ्चालन गर्न सहयाेग गर्ने व्यक्तित्वहरूलाई सम्मान र यस पछि परिक्षाफल प्रकाशन भईसकेकाे तर पुरूस्कार बितरण कार्य बाँकी रहेकाेले साेही दिन पुरूस्कार बितरण तथा सम्मान कार गर्ने गरी कार्यक्रम तय गरिएकाे मूल आयाेजक समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानध्यापक पाैडेलले बताए ।

आठ दिन सम्म चलेकाे महायज्ञमा सबै भन्दा बढी दान दिनेहरूमा सरूमारानी गाउँपालिका-२, ददेरी निवासी दाेरपता पाेख्रेलले १ लाख ११ हजार १ सय ११ र साेही ठाउँ निवासी श्यामलाल पाेख्रेलले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद दान दिएर सर्वाेउत्कृष्ट दानदाता घाेषित हुनु भएकाे छ । उहाँहरूले छुट्टाछुट्टै उक्त रकम दान गरेका हुन्।
यस्तै अन्य उत्कृष्ट दानदाताहरूमा सरूमारानी गाउँपालिका-२, ददेरी निवासी डिवादेवी आचार्य १ लाख १ सय ५, साेही ठाउँ निवासी केशबराज पाण्डे ५१ हजार ५ सय ५५, साेही ठाउँ स्थित राप्ती फिड एण्ड ह्याचरी प्रालि ५१ हजार, साेही ठाउँ निवासी विशालमाेहन अमात्य (बिनाेद) ५० हजार १ सय ५, साेही ठाउँ निवासी सरूमारानी गाउँपालिका-२, नम्बर वडा अध्यक्ष भानुभक्त भुसाल ४१ हजार १ सय ५, जाेइढुंगा निवासी दिवेन्द्र जिसी ३१ हजार १ सय ५५ र ददेरी निवासी मानबहादुर बिष्ट ३० हजार ६ सय ३७ नगद दान रकम प्राप्त भएकाे महायज्ञ मूल आयाेजक समितीका संयाेजक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्द्रमाेहन अमात्यले जानकारी दिए ।

यस्तै उत्कृष्ट दान गर्नेहरूमा महायज्ञ मूल आयाेजक समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक लमही नगरपालिका-१, नर्ती निवासी नारायणप्रसाद पाैडेल २५ हजार ५ सय २५ र प्यूठान दर्भान निवासी सालिकराम पाैडेल २५ हजार ५ सय ५, साेही विद्यालयका शिक्षिका ददेरी निवासी सावित्रा आचार्य २५ हजार १ सय ५, साेही ठाउँ स्थित ददेरी युवा दाजुभाई समूहबाट २४ हजार २, साेही ठाउँ निवासी कमल कुमाल २२ हजार १ सय ५५, महायज्ञ मूल आयाेजक समितीका संयाेजक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्द्रमाेहन अमात्य तथा पत्नी राधा अमात्यबाट २१ हजार ५ सय ५५, ददेरी निवासी यादबप्रसाद पन्थी २१ हजार ५ सय ५, साेही ठाउँ निवासी सरूमारानी गाउँपालिका-२, नम्बर वडा सदस्य २१ हजार १ सय ५५ र राप्ती गाउँपालिका-१, भालुवाङ निवासी शारदा कापी उद्योगका सञ्चालक माेहन केसीबाट २१ हजार १ सय ५० रूपैयाँ नगद दान संकलन भएकाे मूल आयाेजक समितीले जनाएकाे छ ।

यस्तै उत्कृष्ट दान गर्नेहरूमा ददेरी निवासी साेही तिलप्रसाद पाठक २१ हजार १ सय ५०, साेही ठाउँ निवासी साेही विद्यालयका सहायक प्रधानाध्यापक शिबप्रसाद घिमिरे तथा पत्नी मेनका आचार्यबाट २१ हजार १ सय २१, साेही ठाउँ निवासी साेही विद्यालयका कार्यालय सहयाेगी डिल्लीराज आचार्य तथा पत्नी एवम् साेही विद्यालयका शिक्षिका भावना आचार्यबाट २१ हजार २ सय ११, साेही ठाउँ निवासी महायज्ञ मूल आयाेजक समितीका सह-संयाेजक तथा विद्यालय व्यवस्थापन समितीका पूर्वअध्यक्ष नारायणप्रसाद खनाल २१ हजार १ सय ५, गनाहा निवासी मेघराज कुमाल २० हजार ५ सय ११ र राप्ती गाउँपालिका-१, शान्तिपुर चैते निवासी हरि खनालबाट २० हजार ५ सय २५ रूपैयाँ नगद दान संकलन भएकाे मूल आयाेजक समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक पाैडेलले बताए ।

महायज्ञ मुल समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमोहन अमात्यको अध्यक्षता एवम्
महायज्ञका सर्वाेउत्कृष्ट दानदाता दाेरपता पाेख्रेलकाे प्रमुख आतिथ्यता भएकाे महायज्ञ समापन कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो धर्म संस्कार भुल्न थालेकोमा यस महायज्ञले वैदिक हिन्दु धर्मप्रति जागरण पैदा गरेकाे बताएका थिए । साथै बक्ताहरूले महायज्ञबाट संकलन भएकाे रकमकाे शैक्षिक विकासमा सही सदुपयाेग गर्न सुझाब समेत दिएका थिए ।
साे अवसरमा महायज्ञ मूल आयाेजक समितीका सदस्य तथा आर्थिक समिती संयाेजक बासुदेब पाेख्रेल र महायज्ञ मूल आयाेजक समितीका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पाैडेल लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए। साे अवसरमा महायज्ञका प्रमुख कथाबाचक, उपबाचक, कलाकार, बाद्यबादक, पत्रकार लगायतलाई दाेसल्ला र सम्मान-पत्र सहित सम्मान गरिएकाे थियाे । उद्घाटन कार्यक्रम सहित आठ दिन सम्म चलेकाे महायज्ञको प्रमुख कथा बाचकमा नेपालकै चर्चित १८ पुराणका ज्ञाता युवा प्रविण बाचक श्रद्वय गुरू आचार्य श्री सागर गुरागाई सहित महायज्ञमा उपबाचक तथा श्रृङ्गारिक महाआरती प्रमुख मोहन शर्मा रहेका थिए। महायज्ञकाे उद्घाटन, समापन सहित आठै दिन सम्मकाे कार्यक्रमको सञ्चालन पत्रकार भानु जोशीले गरेका थिए।


