गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : खत्री
गढवा २३ वैशाख । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाको आयोजनामा “गणतन्त्रको रक्षा गरौ , प्रतिगामी खतराका विरुद्धमा संघर्ष गरौ भन्ने नाराका साथ गढबा बजारमा भएको सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
गणतन्त्र नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएको र त्यो राजतन्त्र भन्दा गैयो गुणा जनपक्षिय भएको हुनाले कुनै समुहको सनकका आधारमा त्यसको अन्त्य नहुने कुरामा ढुक्क हुन जनतालाई बिस्वस्त हुन अनुरोध गरे । अर्को प्रसङ्गमा नेपाल जस्तो सानो देशमा संघीय प्रणाली सहि नहुने भएको हुनाले प्रदेश संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए । त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गणतन्त्र स्थापना पछी सरकारको नेतृत्व गर्ने दलहरु जनपक्षिय हुन नसक्दा प्रतिगामी बिचार अगाडि आएको बताए । जनताले गणतन्त्र भन्दा राजतन्त्र सहि छ भनेर हैन गणतन्त्र पक्षधरको नेतृत्वमा सरकार हुँदा पनि गणतन्त्र अनुभुती हुन नपाउदा प्रतिगामी बिचारले स्थान पाएको कुरा बताए ।
गढबा गाउँपालिका समिति अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिमा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा गढवा गाउँपालिका इन्चार्ज दिनमणि आचार्य लगायतकाले सम्बोधन गरेका थिए । पालिका उपाध्यक्ष नबराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पालिका सचिब टुकमान कुवरले गरेका थिए । कार्यक्रममा अखिल नेपाल युबक संघ पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, अखिल नेपाल किसान महासंघ पुर्ब केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य लालबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल महिला संघ पालिका अध्यक्ष उमा पन्थी लगायतको आतिथ्यता रहेको थियोे ।

