पत्रकार महासंघ लुम्बिनीद्धारा प्युठानको भिङग्रीमा न्यु मिडिया र समाचार लेखन तालिम सुरु



पत्रकार महासंघ लुम्बिनीद्धारा प्युठानको भिङग्रीमा न्यु मिडिया र समाचार लेखन तालिम सुरु

प्युठान २१ वैशाख ।  प्युठानको भिङग्रीमा आइतवार देखि २ दिने समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम सुरु भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा तालिम सुरु गरिएकाे हाे ।

महासंघका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएकाे  तालिम उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव गोविन्द शर्मा, महासंघ प्युठानका सचिव बासुदेव गिरी, नेपाल प्रेस युनियन लुम्बिनीका सचिव शम्शेर विक्रम जिसी र प्रेस सेन्टर प्युठानका कोषाध्यक्ष सन्तोष सुनारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पत्रकारहरूको लेखन सीप अभिवृद्धि तथा डिजिटल पत्रकारिता सँग अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।  तालिमकाे प्रशिक्षकमा अग्रज पत्रकार चेतन अधिकारी र माधव अर्याल रहेका छन् । दुई दिन सम्म सञ्चालन हुने उक्त तालिममा प्युठान र रोल्पामा कार्यरत ३५ जना पत्रकारहरूको सहभागिता रहेको छ।

विभिन्न मिडियामा कार्यरत पत्रकारहरुकाे क्षमता विकासका लागि पत्रकार महासंघ लुम्बिनीले प्रदेशका १२ जिल्लाका पत्रकारहरुलाई समेट्ने गरी ६ जिल्लामा विभिन्न विधाहरुमा तालिम दिन थालेकाे छ । बर्दियाकाे ठाकुरद्वाराबाट सुरूवात गरिएको तालिम वैशाख १९ र २० गते अर्घाखाँचीको सितगंगा नगरपालिका-८ सातमारामा सम्पन्न गरि महासंघले आइतबार अर्थात वैशाख २१ र २२ गते प्युठान र राेल्पालाई समेटेर  प्युठानकाे भिङग्रीमा तालिम सुरुवात गरिएकाे छ ।  त्यस पछि वैशाख २३ र २४ गते गुल्मी र पाल्पालाई समेटेर पाल्पाकाे तानसेनमा डिजिटल मिडियामा समाचार लेखन तालिम, वैशाख २५ र २६ गते पुर्वी रूकुमको रूकुमकोटमा समाचार लेखन तालिम राखेकाे छ । त्यस्तै रूपन्देहीको बुटवलमा तालिम आयोजना गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे