राप्ती प्रेस मञ्चले पत्रकार क्षमता विकास तालिम चलाउने
भालुवाङ २१ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको क्षमता विकासका लागि डिजिटल मिडिया र एआई विषयक तालिम चलाउने भएको छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा आइतवार राप्ती गाउँपालिका–३ मसुरियामा बसेको तेस्रो नियमित पूर्ण बैठकले सो निर्णय गरेको हो । समाचार लेखनले मात्र नहुने हुँदा पत्रकारहरुलाई डिजिटल मिडिया सँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यका साथ तालिम आयोजना गर्न लागेको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । त्यसै गरि बैठकले पत्रकार रमिडिया हाउस व्यवस्थापनका लागि राप्ती गाउापालिका र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरुबाट कार्यक्रम तथा बजेट माग गर्ने, राप्ती गाउँपालिका क्षेत्रका सरकारी कार्यालय, मन्त्रालयहरु, गाउँपालिका तथा वडा कार्यालय, सामुदायिक विद्यालयहरमा सामुहिक स्थलगत रिपोटिङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै मञ्चको विधान संशोधन गर्ने र त्यसका लागि मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको संयोजकत्वमा विधान संशोधन समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्षहरु बलराम शाही (भिसुन), हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरु निसा कुमारी चौधरी र विदुर एमसी रहेका छन् ।
यसै बिच बैठकले गढवा क्षेत्रका पत्रकारहरुको मागलाई मध्यनजर गरी गढवा गाउँपालिकामा शाखा विस्तार गर्ने निर्णय समेत गरेको छ । शाखा विस्तार गर्न मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ । भने बैठकले मञ्चका पदाधिकारी, सदस्य तथा सल्लाहकारको पहिचानका लागि परिचयपत्र र प्रेस पोशाख बनाउने निर्णय भएको संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

