पत्रकारका लागि सञ्चालित डिजिटल मिडिया र एआई प्रयाेग विषयक तालिम सकियो



पत्रकारका लागि सञ्चालित डिजिटल मिडिया र एआई प्रयाेग विषयक तालिम सकियो

भालुवाङ २० वैशाख । अर्घाखाँचीको सितगंगा नगरपालिका-८ सातमारामा सञ्चालित २ दिने डिजिटल मिडिया र एआई प्रयाेगको विषयक तालिम शनिबार सकिएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबार देखि सुरू गरेको तालिम सकिएको हो ।   पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्ण नेपालको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरूले एआईको प्रयोगले पत्रकारितामा थप टेवा पुग्ने बताएका थिए । उनीहरूले एआईको माध्यमबाट विश्वले थुप्रै प्रगति गरेको उल्लेख गर्दै यस्ता सीप पत्रकारका लागि महत्त्वपूर्ण रहेको बताएका थिए । सो अवसरमा प्रशिक्षक जीवन भण्डारी, सहभागीको तर्फबाट लक्ष्मी पोख्रेल र लक्ष्मण पोख्रेलले आ-आफ्नो भनाई राखेका थिए ।

तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० बढी पत्रकारहरूलाई सो तालिम दिएको हो । तालिमको प्रशिक्षकका रूपमा जीवन भण्डारी र किरण कौशल रहनुभएकाे थियो । उहाँहरूले पत्रकारितामा एआईको भूमिका, समाचारको तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली, सामाजिक सञ्जालको सदुपयोगलगायत विषयमा प्रशिक्षण दिनु भएको थियो ।तालिममा डिजिटल माध्यम र एआईको प्रयोग मार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक प्रविधिबारे दिइएको थियो ।

महासंघले प्रदेशका १२ जिल्लाका पत्रकार समेट्ने गरी ६ स्थानमा आयोजना गरेको छ । लुम्बिनी प्रदेशको बर्दिया स्थित ठाकुरद्वाराबाट सुरूवात गरिएको तालिम वैशाख १९ र २० गते अर्घाखाँचीको सितगंगा नगरपालिका-८ सातमारामा सम्पन्न गरेको छ । आइतबार अर्थात वैशाख २१ र २२ गते प्युठानको भिङग्री, त्यस पछि पुर्वी रूकुमको रूकुमकोट, गुल्मीको तमघाँस र रूपन्देहीको बुटवलमा तालिम आयोजना गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे