भालुवाङमा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी
भालुवाङ २० वैशाख । ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ लुम्बिनीले अर्घाखाँचीको सातमाराबाट भालुवाङ पुल्चोक सम्म प्रभातफेरीको आयोजना गरि दिवस मनाएको छ ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता एवम् महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष पोख्रेलले पत्रकारहरू अहिले पनि स्वतन्त्र रूपमा कलम चलाउन पाउने वातावरण नभएको बताएका छन् । सरकारले पत्रकार माथि अंकुश लगाउने गरि बेला बखतमा ऐन ल्याउन खोज्ने प्रवृत्तिका कारण पनि समस्या उत्पन्न हुने गरेको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पुर्व अध्यक्ष डा. सुदिप गाैतम, प्रेस युनियनका जीवन भण्डारी, प्रेस सेन्टरका भुपेन्द्र वली, प्रेस चाैतारीका दशरत घिमिरे, गैरसरकारी महासंघका केशव भुसाल, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतका वक्ताहरूले बोलेका थिए । उपाध्यक्ष रामप्रसाद आचार्यको स्वागत तथा मिना ढकालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासंघका महासचिव पाण्डव प्रसाद शर्माले गरेका थिए ।

