राप्ती प्रेस मञ्चद्वारा फेरि भेटाैला कार्यक्रम : प्रहरी निरिक्षक माझीलाई मायाको चिनो प्रदान
भालुवाङ १७ वैशाख । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले फेरि भेटौला कार्यक्रम गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमरबहादुर माझी सरुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँमा जान थालेपछि मञ्चले मंगलबार इलाका प्रहरी कार्यालय भालुवाङमा एक कार्यक्रमको आयोजना गरी फेरि भेटौला कार्यक्रम आयोजना गरेको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले प्रहरी निरिक्षक माझीलाई सम्झना स्वरूप मायाको चिनो समेत प्रदान गरेको छ । मायाको चिनो ग्रहण गर्दै प्रहरी निरिक्षक माझीले राप्ती गाउँपालिकाका नागरिकहरूबाट राम्रो सहयोग पाएको बताउनु भयो । आफ्नो कार्यकालमा विद्यालय तथा समुदाय स्तरमा लागू औषध दुर्वेशन घरेलु हिंसा, साइवर अपराध लगायतका विषयमा थुप्रै कार्यक्रम गरेर सचेतना प्रवाह गरेको र त्यस अवधिमा धेरै सुधार भएको प्रहरी निरिक्षक माझीले बताउनु भयो । त्यस्तै उहाँले टाइम कार्ड लागू गरेर सवारी दुर्घटनामा समेत कमी ल्याएको बताउनु भयो ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकार तथा निर्वतमान उपाध्यक्षहरू बासुदेव न्याैपाने, जमिर शाह, वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष भिसुन शाही, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल र सदस्यहरू मुक्तिराम पाैडेल, लालमणी भुसाल, मोतीराम भट्टराई, विदुर एमसी लगायतको उपस्थिति रहेको थियो ।
