“प्युठान जिल्ला सरुमारानी किमिचौरको दह” बोलको गीत सार्वजनिक
दाङ १६ वैशाख । “प्युठान जिल्ला सरुमारानी किमिचौरको दह” बोलको गीत बजारमा आएको छ ।
प्युठान जिल्लाको सरुमारानी गाउँपालिका–६ बुढिचौर स्थित धार्मिक तथा पर्यटकीय स्थल किमिचौर दहमा छायांकन गरिएको सोे गीत बजारमा आएको हो । चित्र अबिरलको शब्द, लय र स्वरमा तयार भएको गीतमा चित्र लक्ष्मीले स्वर दिएकी छन् । राज बाबूको नृत्य निर्देशनमा निर्माण गरिएको भिडियोमा सितल केसी, ममता गिरी र वडाध्यक्ष तिलबहादुर बुढाले अभिनय गरेका छन् ।
भिडियोको छायांकन सुरेश पन्थीले गरेका थिए । भने श्रृंगार अरुण रोय, निर्देशन प्रकाश बस्नेत र ड्रोन अपरेटर लक्ष्मण डिसी रहेका छन् । गीतले किमिचौर दहको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र प्रेमभावलाई सशक्त रूपमा उजागर गरेको छ ।
हेर्नुहाेस् पुरा भिडियाे
प्रतिक्रिया दिनुहोस्
