प्रेस चौतारी नेपाल बबईको दोस्रो पालिका अधिवेशन सम्पन्न : अध्यक्षमा रामप्रसाद सुवेदी

हापुरे १३ बैशाख । प्रेस चौतारी नेपाल बबई गाउँकमिटीको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ।
शनिबार हापुरेमा सम्पन्न पालिका अधिवेशनले रामप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्य पालिकास्तरीय कमिटी गठन गरेको छ। कमिटीको सचिवमा जुनु खड्का रहेका छन् भने सदस्यहरुमा पूर्णबहादुर ओली, गोमा ओली, संगीता बुढा, उमेष बिक, सजिना खातुन, मिनाक्सी परियार र निमेष चौधरी रहेका छन् । प्रेस चौतारी नेपाल बबई गाउँकमिटीका अध्यक्ष हिरालाल खड्का हिमालको अध्यक्षता, नेकपा एमाले दाङका सदस्य तथा प्रेस चौतारी दाङका सल्लाहकार प्रेमबहादुर रामजाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
भेलामा प्रेस चौतारी नेपाल दाङ जिल्ला अध्यक्ष सुधा सुमन ढकाल, नेकपा एमाले दाङका पूर्व जिल्ला सदस्य रामबहादुर डाँगी, नेकपा एमाले बबैका सचिवालय सदस्य शिवप्रसाद भण्डारी, बबई ४ का वडा सदस्य टिकाराम खत्री लगायतकाले बाेलेका थिए। अधिवेशनकाे सञ्चालन प्रेस चौतारी नेपाल बबई गाउँकमिटीका सचिव रामप्रसाद सुवेदीले गरेका थिए।