लोकतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्यालय परिसरमा दीप प्रज्वलन



लोकतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्यालय परिसरमा दीप प्रज्वलन

भालुवाङ ११ वैशाख । लोकतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आयोजित उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, लुम्बिनी प्रदेशले संयोजन गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको उल्लेख गरे ।

दीप प्रज्वलन कार्यक्रममा नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश सदस्य उमाकान्त पन्थ, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य ओमप्रकाश गुप्ता, महेशचन्द्र रिजाल, धर्मराज अधिकारी केशव भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उक्त अवसरमा वक्ताहरूले`लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो´भन्ने सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे