राप्ती प्रेस मञ्चद्धारा नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रम

भालुवाङ १० वैशाख । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार राप्ती गाउँपालिका–२ हर्षेडाँडा पार्क लालमटियामा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रियासनले विगतको नेतृत्वले पत्रकार सदस्यता वितरणमा विभेद भएको भएपनि अवको नेतृत्वले आस्था विचारको आधारमा कुनैपनि क्रियाशील पत्रकारलाई सदस्यता वितरणमा नफाल्ने बताए । उनले विगतको नेतृत्वले व्यक्तिगत रिसिवी र आस्था विचार राखेकै कारण विभेद गरेको भएपनि अहिलेको नेतृत्वले पत्रकारको क्रियाशीलताको आधारमा सदस्यता वितरण गर्ने आश्वासन दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शमाले सञ्चार माध्यम बलियो भए मात्र पत्रकार बलियो हुने हुँदा सञ्चार माध्यम बचाउन आग्रह गरेका छन् । उनले अहिले धेरै सञ्चार माध्यमहरु कमजोर भएको स्मरण गराउँदै त्यस तर्फ ध्यान दिन सुझाव दिए । त्यस्तै उनले पत्रकारहरुलाई विधागत रुपमा कलम चलाउन आग्रह गरे । एउटा पत्रकारले एउटा विधामा मात्र कलम चलाए त्यो पत्रकार त्यहि विधामा विज्ञ हुने बताए । त्यस्तै नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले खोजी पत्रकारिता अझै पनि ओझेलमा परेकाले खोजी पत्रकारिता गर्न पत्रकारहरुलाई सझाव दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिकाबहादुर बस्नेत, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सदस्यद्धय नवराज शर्मा, शान्ता खनाल, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका पुर्व केन्द्रिय सदस्य डिलाराम पौडेल, थारु साहित्य संस्कृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष छविलाल कोपिला, नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहोरमान मियाँ, अग्रज पत्रकार धर्मराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत मन्तव्यबाट सुरु भउको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।