विद्यालयमा इन्धन अभाव भएपछि शिक्षक र कर्मचारी वनबाट दाउरा संकलन गर्दै



विद्यालयमा इन्धन अभाव भएपछि शिक्षक र कर्मचारी वनबाट दाउरा संकलन गर्दै

भालुवाङ १८ चैत । दाङको एक विद्यालयले दिवाखाजा पकाउनका लागि सामुदायिक वनबाट दाउरा संकलनमा जुटेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक र विद्यालय सहयोगी साुमदायिक वनमा खाजा पकाउनका लागि दारारा संकलनमा जुटेका हुन् ।

विद्यालयमा हाल नेपाल सरकारबाट तोकिएको कक्षाका लागि प्राप्त हुने विद्यालय दिवा खाजा अनुदान मार्फत प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा पाँच सम्म अध्ययनरत विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालित छ । जसअनुसार विद्यार्थीहरूलाई विद्यालयमा नै खाजा तयार गरी खुवाउने गरिएको छ । खाद्य सामग्री पकाउनका लागि आवश्यक पर्ने इन्धनको अभाव झेल्दै आएको विद्यालयले विद्यालय व्यवस्थापन समितिको पहल र सामुदायिक वन उपभोक्ता समूह सँगको समन्वयमा यसको व्यवस्थापन मिलाएको विद्यालयका प्रधानाध्यापक हरिसचन्द्र चौधरीले बताएका छन् ।

महदेवा सामुदायिक वन यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत पर्ने छोट्की सिसहनिया गाउँका उपभोक्ताहरू आबद्ध सामुदायिक वनबाट ट्याक्टरमा दाउरा लोड गरि विद्यालय सम्म ल्याएको प्रधानाध्यापक चौधरीले बताए । विद्यालयलाई यस किसिमको सहयोग उपलब्ध गराई दिएकोमा विद्यालय परिवार महदेवा सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण पदाधिकारीहरू लगायत यस कार्यमा सहयोग पुर्याउने सबैप्रति विद्यालयले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे