इस्लाम धर्मावलम्वीहरुको पर्व ईदकाे अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय



इस्लाम धर्मावलम्वीहरुको पर्व ईदकाे अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय

काठमाडौँ १७ चैत । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे