शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना : ३ जनाको मृत्यु



शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना : ३ जनाको मृत्यु

अर्घाखाँची १३ चैत ।  शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए । लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनामा उद्धारकार्य भइरहेको छ । इकान्तिपुर डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे