प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र लुम्बिनी प्रदेश इन्चार्जमा टिका बस्नेत सर्वसम्मत



प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र लुम्बिनी प्रदेश इन्चार्जमा टिका बस्नेत सर्वसम्मत

विराटनगर ११ चैत । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगरमा सम्पन्न १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए । तर नेतृत्वले निर्वाचन हुन नदिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । केन्द्रीय कमिटीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिवमा हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे