विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त



विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई  नियुक्त

काठमाडौं ११ चैत । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य यस अघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो । उनी विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय थिए । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाल कार्यालयमा एमसीसीअन्तर्गत प्रसारण लाइनका आयोजना बनाउने काममा सहभागी थिए । उनले नै एमसीसीको सहायतको रकम खर्च गरिने प्रसारण लाइनको योजना तयार गरेका थिए । उनी प्रसारणलाइन व्यवस्थापनका विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे