दाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रिका वितरक सुवेदीको मृत्यु

दाङ ९ चैत । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक लगाएतका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आएका थिए । आज पनी बिहानै पत्रिका लिएर तुलसीपुर आउने क्रममा उनी दुर्घटनामा परेको बताइएको छ ।