स्थानीय सरकार सँग बजेट अभाव : राप्ती ४ को वडा कार्यालय जाने बाटोमा काठको पुल
भालुवाङ ९ चैत । दाङमा स्थानीय सरकार संग बजेट अभाब हुँदा विकास निर्माणका काम प्रभावित हुन थालेका छन् ।
नागरिकका दैनिक जीवनयापन संग जोडिएको विकास निर्माणका लागि बजेट अभाब हुँदा नागरिकहरूले सास्ती भोग्नु परेको छ । यति बेला यस्तै बजेटको अभाब दाङको राप्ती गाउँपालिकामा देखिएको छ । विकास निर्माणका लागि बजेट अभाब भएपछि नागरिकका दैनिक जीवनयापन संग जोडिएका सम्पूर्ण काम प्रभावित बन्न पुगेको छ । पालिका भरि पूर्व घोषित विकासे योजना भने धमाधम बनिरहेका छन् । वडाहरू समेतमा पुलपुलेसा, सडक तथा अन्य विकास निर्माणको काम धामधम भइरहेका छन् । तर राप्ती गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालय जाने बाटोमा बजेट अभाबका कारण पक्की पुल बन्न सकेको छैन । अहिले बजेट अभाबका कारण नागरिकहरू काठको पुलबाट जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् । उक्त कुलोमा पक्की पुल नहुँदा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न नागरिकहरू बाध्य भएका हुन् ।
यता निर्वाचनका बेला बाचा गरेका काम पूरा गर्न कठिन भएको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरीले बताएका छन् । उनले बजेट अभाब कै कारण आफ्नै वडा कार्यालय जाने सिचाई कुलोमा पुल बनाउन नसक्दा आफू स्वयम्, अन्य जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले दुख पाउनु परेको बताउँछन् । राप्ती गाउँपालिका र वडामा बजेट नभएका कारण सो कुलोमा पक्की पुल बनाउन नसकिएको वडाध्यक्ष चौधरीले बताए । पुल नहुँदा ५ मिनेटमा वडा कार्यालय पुग्ने ठाउँमा घुमाउरो बाटो भएर सेवा लिन जानुपर्ने बाध्यता सेवाग्राहीहरूलाई रहेको समेत वडा अध्यक्ष चौधरीले बताए । पक्की पुल बनाउन नसकेपछि वडा अध्यक्ष चौधरीले काठको पुल बनाएर काम चलाउन बाध्य भएका छन् ।
यसैबीच शनिबार वडा अध्यक्ष चौधरीले स्थानीय झरालीको सहयोगमा हलुका सवारीसाधन चल्ने गरी काठको पुल बनाएका छन् । करिब एक वर्ष अघि सम्म सो कुलोमा पक्की पुल भएपनि ट्याक्टरले पुल भाँचिदिएपछि दुई वटा काठ राखेर मान्छे हिड्ने बाटो बनाइएको थियो । १२ वर्ष अघि वडाध्यक्ष चौधरीले आफ्नै लगानीमा सो पक्की पुल बनाइदिएका थिए । पुल भाँचिएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरूलाई घुमाउरो बाटो प्रयोग गर्नु परेको थियो । भने । १÷२ वटा मोटरसाइकल समेत दुर्घटनामा परेर केही सेवाग्राही घाइते समेत भएका थिए । यता राप्ती गाउँपालिकाले भने आउने आर्थिक बर्षमा बजेटको व्यवस्था गरेर पक्की पुल बनाउने बताएको छ । यस बर्ष पुल बनाउन बजेट नभएपनि आउने बर्ष बजेटको व्यवस्था गरेर पुल बनाइने पालिकाको भनाई छ ।

