राजपुरका दिपक पुन लागु औषध ब्राउन सुगर सहित पक्राउ



राजपुरका दिपक पुन लागु औषध ब्राउन सुगर सहित पक्राउ

दाङ ९ चैत ।  दाङमा लागु औषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नंम्बर ६ गंदीखोला बस्ने २८ वर्षका दिपक पुन रहेको दाङ प्रहरीले जनाएको छ ।

हिजो साढे १ बजेतिर घोराही उपमहानगरपालिका १७ कटुवा खोला नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।  लागु औषधको कारोवार गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ परेको डिएसपी शाहले बताए । पक्राउ परेका पुनको शरीर खानतलासी गर्दा लुकाई छिपाई राखेको प्लाष्टिकको साना ३ वटा पुडिया बनाई धागोले बाँधि राखेको लागु औषध ( ब्राउन सुगर ) जस्तो देखिने खैरो धुलो पदार्थ तौल गर्दा २ ग्राम १६० मिलिग्राम वरामद गरीएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका पुनमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे