अदालतको मूलगेटमा अनसन बसेकी समीक्षाले अनसन तोडिन् : धर्ना भने जारी राख्ने



अदालतको मूलगेटमा अनसन बसेकी समीक्षाले अनसन तोडिन् : धर्ना भने जारी राख्ने

दाङ ७ चैत । गत फागुन २१ गतेदेखि जिल्ला अदालत दाङको मूलगेटमा अनसन बसेकी समीक्षा शर्माले अनसन तोडेकी छिन् । राष्ट्रिय मानवअधिकार आयोगको उपस्थितिमा उनले अनसन ताेडेकी हुन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले जुस खुवाएपछि अनसन तोडिएको हो ।

त्यहाँ राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका कार्यालय प्रमुख द्वारिका खरेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्लास्थित महिला मानवअधिकार रक्षकहरु, नागरिक समाज तथा पत्रकारहरुको उपस्थिति थियो । आमरण अनसन तोडेको भए पनि जिल्ला अदालतमा धर्नालाई भने निरन्तरता दिने उनको भनाइ छ । जबर्जस्ती करणी विरुद्धको आफ्नो मुद्दामा आफ्ना प्रमाणहरु नहेरिएको भन्दै उनी आमरण अनसनमा थिइन् । सो मुद्दाका आरोपी पुर्पक्षका लागि थुनामा छन् भने जिल्ला अदालतमा सो मुद्दा प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे