दाङमा एक महिलाकाे पोखरीमा डुबेर मृत्यु

दाङ ७ चैत । दाङमा एक महिलाकाे मावन निर्मित पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१७ भैसाही निवासी ३९ वर्षीया सिता खनाल रहेकी छिन् ।
विहीवार दिउसो २ वजे तिर पोखरीमा डुबेर उनकाे मृत्य भएको अबस्थामा तालमा शब फेला परेको र पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् । मृत्युको कारण खुली नसकेको र
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्