राप्ती गाउँपालिकाको नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन



राप्ती गाउँपालिकाको नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन

भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवाैं स्थापना दिवसको पूर्वसन्ध्यामा आज बेलुका दीप प्रज्वलन गरेको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले पालिकाको प्राङ्गणमा दिपप्रज्वलन गरेका हुन् । यस्तै पालिका अन्तर्गतका ९ वटै कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा पनि दिप प्रज्वलन गरिएको छ । गाउँपालिकाले बिहीबार विशेष समारोहको आयोजना गरि आफ्नो स्थापना दिवस मनाउन लागेको छ ।

विहान ११ बजे देखि सुरू हुने समारोहमा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने तथा विभिन्न संस्कृति झल्किने झाँकी प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । यश अघि फागुन २७ गते सरसफाइ कार्यक्रम राखिएको थियो भने आज बिहान साइकल दाैड तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे