अन्तराष्ट्रिय नारी दिवस : सिसहनियाँमा २ महिला सहित १७ जनाले गरे रक्तदान
देउखुरी २४ फागुन । ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा देउखुरीको सिसहनियाँमा १७ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा सिसहनियाँ उद्योग वाणिज्य संघले नारी दिवसको अवसर पारेर राप्ती गाउँपालिका–५ सिसहनियाँमा शनिवार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
दिवसका अवसरमा २ जना महिला सहित १७ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले रक्तदान गर्ने काम पूण्यको काम भएको बताए । उनले धर्म प्राप्तका लागि धेरै प्रकारका दान गर्ने प्रचलन रहेको भएपनि रक्तदान सबै भन्दा ठुलो धर्म र पबित्र कार्य रहेको बताए । उनले रक्तदान सबैभन्दा ठुलो दान र पूण्यको काम भएको भन्दै स्वास्थ व्यक्तिहरूलाई रक्तदानका लागि प्रोत्साहित गर्नुपर्ने बताए ।

रगत दान स्वास्थ्यका लागि समेत फाइदा जनक भएको हरेक स्वस्थ मानवले ३÷३ महिनामा रगत दान गर्न सकिने अध्यक्ष विष्टले बताए । मानव शरीरमा हरेक १२० दिनमा रगत उत्पादन हुने र नष्ट हुने प्रकृया चलिरहने भएकोले नष्ट जाने रगतलाई कोही दुघर्टनामा परेको अवस्थामा बचाउनका लागि र विभिन्न रोगहरुबाट बचाउनका लागि दान गरेको रगत संकलन गरी ब्लड बैंक मार्फत आवश्यक पर्ने बिरामीलाई चढाएर पुर्नजिवन दिने भएको हुँदा रक्तदान महत्वपुर्ण हने बताएका थिए ।
सो अवसरमा प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, सिसहनियाँ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, संघ कै निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, जीवन दृष्टि पुनःस्थापना केन्द्र सिसहनियाँका प्रमुख भूमिराज नेपाल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताले बोल्नु भएको थियो ।

रक्तदान कार्यक्रममा उद्योगी, व्यापारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी जवानहरू र जीवन दृष्टि पुर्नस्थापना केन्द्रका गरी २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् । यसरी रक्तदान गर्नेहरूमा हेमराज पोख्रेल, रेशम खत्री, कल्पना बेल्वासे, गितादेवी चौधरी, प्रेमबहादुर शाही, तिर्थराज ज्ञवाली, रुपनारायण चौधरी, गिरबहादुर ज्ञवाली, पिताम्बर पोख्रेल, दिपककुमार पाण्डे, कमल केसी, बिरबहादुर बुढाथोकी, सुरज नेपाली, सुमन परियार, विजय पाण्डे, अनुप पोख्रेल र सुरेश तिवारीले रक्तदान गरेका थिए ।
सो अवसरमा संघले सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेडक्वाटर ज्वालामाईगण भालुवाङमा भर्खरै सरुवा भएर आएका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मनोजकुमार धिताललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष मदन पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव रामलाल पाण्डेले गरेका थिए ।


