छोट्की सिसहनियाँ निवासी गौतमको घरबाट नगद ५० हजार सहित २० तोला सुन चोरी
भालुवाङ २४ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँ निवासी तारा गौतमको घरबाट शुक्रवार राती चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरले नगद ५० हजार, २० तोला सुन, करिव ५ तोला चाँदी र १ वटा ल्यापटप चोरी गरेको पिडित गौतमले बताएकी छिन् । चोरले माथिल्लो तलाको मुल ढोकाको ताल्चा फोडी कोठा भित्र प्रवेश गरि घर भित्र रहेका नगद, सुनचाँदी, ल्यापटप सहितको सामाग्री चोरी गरेको पिडित गौतमले बताइन् । आफ्नो परिवार सो दिन लमही गएको र सोही राती नै चोरी भएको पिडित गौतमले बताइन् । चोरी भएपछि पिडित गौतमले इलाका प्रहरी कार्यालय सिसहनियाँमा निवेदन दिएकी छिन् ।
यता चोरी गर्ने व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले बताएको छ । हामी अनुसन्धान गरिरहेका छौं । चोरीको आशंकामा ३ जनालाई प्रहरी कार्यालयमा बाेलाइ उनीहरु सँग सोधपुछ गर्ने काम समेत गरेको प्रहरीले बताएकाे छ ।

