सिसहनियाँ उद्योग बाणिज्य संघकाे दाेस्राे बैठक सम्पन्न, फागुन २४ गते रक्तदान कार्यक्रम गर्ने
देउखुरी १३ फागुन । दाङ–देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य सिसहनियाँको दोस्रो नियमित बैठक आज मंगलबार संघको कार्यालय सिसहनियाँमा सम्पन्न भएको छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले २ जनालाई नयाँ सदस्यका रूपमा मनोनित गरेको छ । मनोनित हुने नयाँ सदस्यहरूमा ज्योतिकुमार चौधरी र मनोज चौधरी रहेका छन् । त्यस्तै बैठकले १ जना प्रेस सल्लाहकार र ६ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । यसरी सल्लाहकारमा मनोनयन हुनेहरूमा संघका संस्थापक अध्यक्ष शान्ताराज भण्डारी, निर्वतमान उपाध्यक्ष युवराज सिंह, भरतप्रसाद पाण्डे, रमेश गौतम, हिमबहादुर रोकाय र रणप्रसाद सुवेदी रहेका छन् ।

यस्तै बैठकले संघको प्रेस सल्लाहकारमा पत्रकार सन्तोषकुमार गुप्तालाई मनोनयन गरेको छ । गुप्ता देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक, हिमालय टेलिभिजनको संसदीय रिपोर्टर, बुद्ध आवाज टेलिभिजन र गणतन्त्र राष्ट्रिय दैनिकको प्रदेश रिपोर्टरका रूपमा कार्यरत रहेका छन् । त्यस्तै बैठकले यही फागुन २४ गते शनिबार संघको सभाहलमा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ । उक्त रक्तदान कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण उद्योगी, व्यवसाय तथा सम्पूर्ण राप्तीबासीमा अनुरोध गरेको छ ।

त्यस्तै संघले जीवन दृष्टि पुनःस्थापना केन्द्र सिसहनियाँलाई फोहर संकलन गर्ने ४ वटा डस्बिन समेत प्रदान गरेको छ । बिगत लामो समय देखि निरन्तर रूपमा सरसफाई गरी सिसहनियाँ बजार क्षेत्रलाई सफा राख्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै फोहोर संकलन गर्ने ४ थान डस्बिन प्रदान गरेको हो । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीले केन्द्रका प्रमुख भूमिराज नेपाललाई उक्त डस्बिन प्रदान गरेका थिए ।

बैठकमा संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, बरिष्ठ उपाध्यक्ष मदन पोख्रेल, उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, बाणिज्य उपाध्यक्ष भिमबहादुर चौधरी, सचिव रामलाल पाण्डे, कोषाध्यक्ष गिरबहादुर ज्ञवाली र सह–कोषाध्यक्ष सनिप ज्ञवालीको उपस्थिति रहेको थियो । त्यस्तै बैठकमा संघका कार्य समिती सदस्यहरू रामबहादुर चौधरी, जीवन अधिकारी, बसन्ता जिसी, गोबिन्दबहादुर कँवरक्षेत्री, गिता चौधरी, तिर्थराज ज्ञवाली, शान्ता सुवेदी र नारायण चौधरीको समेत उपस्थिति रहेको थियो । बैठककाे सहजीकरण संघका महासचिव प्रशान्त बसेलले गरेका थिए ।












