ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत
भालुवाङ १३ फागुन । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका-२ लालमटियामा अध्ययनरत नवआगन्तुक बिबिएस र बिएड प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सोमबार नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो । स्ववियु सभापति विष्णा भण्डारीको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले बढ्दो विदेश पलायन रोक्न र उच्च शिक्षा अध्ययन पनि नेपालमै गर्न विद्यार्थीहरूलाई सुझाव दिएका थिए । साथै उनले क्याम्पसको प्रगतिका लागि सवै पक्ष लाग्न जरूरी रहेको बताएका थिए ।
कार्यक्रम नृत्य प्रतियोगिता समेत भएको थियो । ४ वटा समुहले भाग लिएको प्रतियोगितामा विमला केसी र प्रेन्का बुढाथोकी प्रथम र लक्ष्मण चाैधरी द्वितीय भएका छन् । विजेताहरूलाई क्रमश रू १ हजार र रू ५ सय रूपैयाँ पुरस्कार वितरण गरिएको थियो । त्यस्तै छात्र तर्फको क्रिकेट र छात्रा तर्फको भलिबल खेलका बिजेताहरूलाई पुरस्कार स्वरूप मेडल, कप र प्रमाणपत्र वितरण समेत गरिएको थियोे ।
कार्यक्रममा क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, पुर्व स्ववियु सभापति अशोक बेल्वासे, नेविसंघका भुवन भण्डारी, अखिल क्रान्तिकारीका विनोद सोनी, अनेरास्ववियुका विश्वज्ञान केसी, विद्यार्थी चञ्चल सुनार लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्ववियु सदस्य निमराज गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन स्ववियु सहसचिव अनिल सुनारले गरेका थिए ।

