थारू कल्याणकारिणी सभा देउखुरीको सभापतिमा गोकुल प्रसाद चाैधरी निर्विरोध निर्वाचित
लमही ८ फागुन । थारू कल्याणकारिणी सभा क्षेत्रिय समिति क्षेत्र नम्बर १ देउखुरीको सभापतिमा गोकुल प्रसाद चाैधरी निर्विरोध निर्वाचित भएका छन् ।
समितिको १७ औं अधिवेशनबाट चाैधरी निर्विरोध निर्वाचित भएका हुन् । चाैधरीकै नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जस अनुसार उपसभापतिहरूमा बालगोविन्द चौधरी, चन्द्रा चौधरी किरण चौधरी, सचिवमा यम बहादुर चौधरी, सहसचिवमा शशी कुमारी चौधरी, कोषाध्यक्षमा प्रभावती कुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, राम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणी चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी, कल्पना चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
