माेटरसाइकलकाे ठक्करबाट देउखुरीकाे मसुरिया एक बृद्ध गम्भीर घाइते



माेटरसाइकलकाे ठक्करबाट देउखुरीकाे मसुरिया एक बृद्ध गम्भीर घाइते

भालुवाङ ८ फागुन । माेटरसाईकलकाे ठक्करबाट देउखुरीकाे मसुरियामा एक बृद्धा गम्भीर घाइते हुनु भएकाे छ । लमहीबाट भालुवाङ तर्फबाट जाँदै गरेकाे रा ६ प ३८९७ नम्बरको माेटरसाइकलले आज बिहिबार राप्ती गाउँपालिका-३, मसुरियामा ठक्कर दिंदा एक बृद्धा गम्भीर घाइते भएका हुन् ।

माेटरसाइकलकाे ठक्करबाट साेही ठाउँ निवासी बर्ष ६५ का कहलु चाैधरी गम्भीर घाइते हुनुभएको छ । घाइते चौधरीको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएकाे छ । घाइते चौधरीलाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको भालुवाङ प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे