समृद्ध लुम्बिनी विशेषाङ्क टक्सारकाे लोकार्पण
भालुवाङ ५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धिलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
‘टक्सार समृद्ध लुम्बिनी’ विशेषाङ्क लुम्बिनीको सामथ्र्य को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धिहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । ‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास भइरहेको छ, तर प्रदेश स्थापना भएयता प्राप्त उपलब्धिहरूको तुलनात्मक विश्लेषण गरिएको देखिँदैन’उहाँले भन्नुभयो,‘प्रदेश सरकारले नमुनायोग्य कामहरू गरेको छ, जसको चर्चा हुनु जरुरी छ ।’ कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासको माध्यमबाट प्रदेशको समग्र विकासलाई आधार मानिएको बताए । प्रदेश सरकार गठन भएपश्चात पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, मानव विकास लगातका क्षेत्रमा उपलब्धि हाँसिल गरिएको स्पष्ट पारे । प्रदेशको समग्र विकासकोलागि राजनीतिक दलहरुको विचमा साझा एक्यबद्धता रहेको प्रष्ट पारे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरू प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउनु पर्नेमा जोड दिए ।
यसैगरी पूर्व मुख्यमन्त्री जोखबहादुर महराले विचार फरक भए पनि प्रदेशको समृद्धिका लागि सबै पक्षको साझा दृष्टिकोणबाट अघि बढेको बताए । ‘अहिले नकारात्मक धारणा हावी हुँदै गएको छ । यसलाई सकारात्मक सोचले चिर्न जरुरी छ’ पूर्व मुख्यमन्त्री महराले भने,‘प्रदेशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो सन्देश लुम्बिनीबाट दिएका छौं ।’ कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले यही अवधिमा सञ्चार ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले देशको सम्वृद्वि तथा विकासका लागि सञ्चार माध्यमको भुमिका महत्त्वपूर्ण रहने हुँदा सञ्चारकर्मीहरूलाई सरकारको सकरात्मक कुरा संप्रेषण गर्न सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले मिडियाको सशक्तीकरण र पत्रकारहरूको सीप अभिवृद्धि मा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।
टक्कर म्यागजिनका सम्पादक किरण आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्पादन मण्डलका शंकर खनालले विशेषाङ्कको विषयमा प्रकाश पारेका थिए । कार्यक्रम कार्यकारी सम्पादक हिम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण निर्देशक प्रदीप आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

