सिसहनियाँ उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक : फागुन १० गते निर्वाचन हुँदै
सिसहनियाँ ५ फागुन । सिसहनियाँ उद्योग वाणिज्य संघमा अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।
संघको शनिबार भएकाे चौथो अधिवेशनको बन्द सत्रमा अध्यक्ष पद बाहेक अन्य सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदका लागि ईश्वरीप्रसाद अधिकारी र प्रकाश आचार्यले आ-आफ्नो अडान नछाडेपछि अध्यक्ष पदका लागि मात्र निर्वाचन हुन लागेको निर्वाचन समितिका संयोजक विनोद कुमार गुप्ताले जानकारी दिनु भएको छ । अधिकारी यश अघिका वरिष्ठ उपाध्यक्ष हुन् भने आचार्य महासचिव हुन् । निर्वाचनका लागि सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताको संयोजकत्वमा शान्तराज भण्डारी र भरतप्रसाद पाण्डे सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरि निर्वाचनको प्रक्रिया समेत अगाडि बढाइएको छ।
निर्वाचन समितिको आइतबार बसेको बैठकले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जस अनुसार मतदाता नामावली प्रकाशन २०८१ फागुन ५ गते दिउँसो १ बजे, मतदाता नामावली उपर दाबी विरोध, फागुन ५ गते दिउँसो ३ बजे सम्म, अन्तिम मतदाता नामावली प्रकाशन फागुन ५ गते दिउँसो ४ बजे, उम्मेदवारीका पदहरूको सूची प्रकाशन फागुन ६ गते बिहान ११ बजे, पद अनुसार निवेदन दस्तुर प्रकाशन फागुन ६ गते बिहान ११ बजे, उम्मेदवारी आवेदन फारम वितरण तथा मनोनयन दर्ता फागुन ६ गते दिउँसो १ बजे, उम्मेदवारको दर्ता नामावली प्रकाशन फागुन ६ गते दिउँसो २ बजे, उम्मेदवारको नामावली माथिको दाबी विरोध फागुन ६ गते दिउँसो ३ बजे, दाबी विरोधपछिको उम्मेदवारको नामावली प्रकाशन फागुन ६ गते अपरान्न ४ बजे, मनोनयन फिर्ता फागुन ७ गते बिहान ११ बजे, उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन ७ गते बिहान १२ बजे, प्रचारप्रसार फागुन ७ गते दिउँसो १ बजेदेखि ९ गते दिउँसो ४ बजे सम्म, मतदान फागुन १० गते बिहान ११ बजे देखि अपरान्न ४ बजे सम्म, मतगणना फागुन १० गते बेलुका ७ बजेपछि, निर्वाचन मत परिणाम घोषणा फागुन १० गते मतगणना पछि, प्रमाणपत्र वितरण, सपथ ग्रहण र प्रतिवद्वता कार्यक्रम फागुन ११ गते विहान ११ बजे रहेको निर्वाचन समितिका संयोजक गुप्ताले जानकारी दिएका छन् ।
संघको अन्य पदमा भने सहजीकरण समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा मदन पोख्रेल, उद्योग उपाध्यक्षमा भागवत ज्ञवाली, वाणिज्य उपाध्यक्षमा भिमबहादुर चौधरी, महासचिवमा प्रशान्त बसेल, सचिवमा रामलाल पाण्डे, कोषाध्यक्षमा गिरबहादुर ज्ञवाली, सह–कोषाध्यक्षमा सनिप ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा निमराज चौधरी, गोविन्दकुवर क्षेत्री, जीवन अधिकारी, तिर्थराज ज्ञवाली, कल्पना अधिकारी बेल्वासे, गीता कुमारी चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, रामबहादुर चौधरी र बसन्ता जिसी निर्विरोध निर्वाचित भएका छन् ।

