गोरखा आइडियल स्कुलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
भालुवाङ ४ फागुन । दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कूलको आयोजनामा एक दिने अभिभावक शिक्षा कार्यक्रम शनिबार राप्ती गाउँपालिका-२ लालमटियामा रहेक लालमटिया सम्पन्न भएको छ ।
गोरखा सेकेन्डरी स्कूल लमहीका प्रिन्सिपल लोकराज रिजालको अध्यक्षता तथा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका छात्रछात्राका अभिभावकहरुलाई प्रशिक्षण दिइएको थियो । गोरखा आइडियल स्कूलका प्रिन्सिपल वसन्त पुनले सञ्चालन गरेको कार्यक्रममा लावन्य इन्टरनेशनल प्रालि काठमाडौंका कार्यक्रम संयोजक पूजा शाहले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा गोरखा आइडियल स्कूल लालमटियाका विव्यस अध्यक्ष बालकृष्ण रोका मगर, गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराहीका प्रिन्सिपल मानसिंह घर्तीमगर, लावन्य इन्टरनेशनल प्रालि काठमाडौंका सिम्रन नकर्मी, संगीता महर्जन, रोजीन नापितलगायतको सहभागिता थियो ।
अभिभावक शिक्षा कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी आठ सयबढीको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल वसन्त पुनले जानकारी दिए । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले एकल तथा समूहगत नृत्य प्रस्तुत गरेका थिए ।

