सिसहनियाँ उवा संघमा अध्यक्ष बाहेक सम्पूर्ण पदमा निर्विरोध निर्वाचित



सिसहनियाँ उवा संघमा अध्यक्ष बाहेक सम्पूर्ण पदमा निर्विरोध निर्वाचित

सिसहनियाँ ३ फागुन । सिसहनियाँ उद्योग वाणिज्य संघको शनिबार  भएकाे चौथो अधिवेशनको बन्द सत्रले अध्यक्ष पद बाहेक अन्य सम्पूर्ण पदका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा ईश्वरीप्रसाद अधिकारी र प्रकाश आचार्यले अडान नछाडेपछि अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ । सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । सदस्यमा शान्तराज भण्डारी र भरतप्रसाद पाण्डे रहनु भएको छ । संघको अन्य पदमा भने सहजीकरण समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा मदन पोख्रेल, उद्योग उपाध्यक्षमा भागवत ज्ञवाली, वाणिज्य उपाध्यक्षमा भिमबहादुर चौधरी, महासचिवमा प्रशान्त बसेल, सचिवमा रामलाल पाण्डे, कोषाध्यक्षमा गिरबहादुर ज्ञवाली, सह–कोषाध्यक्षमा सनिप ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा निमराज चौधरी, गोविन्दकुवर क्षेत्री, जीवन अधिकारी, तिर्थराज ज्ञवाली, कल्पना अधिकारी बेल्वासे, गीता कुमारी चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, रामबहादुर चौधरी र बसन्ता जिसी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि निर्वाचन समितिले आइतवार बैठक बसी निर्वाचन तालिका सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे