सिसहनियाँ उद्योग वाणिज्य संघको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन



सिसहनियाँ उद्योग वाणिज्य संघको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन

सिसहनियाँ ३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सोचको विकास भए मात्र सोचे जस्तो विकास गर्न सकिने बताएका छन् ।

शनिबार सिसहनियाँ उद्योग वाणिज्य संघको दशौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई राप्ती गाउँपालिका–५ सिसहनियाँमा उद्घाटन गर्दै शर्माले सो कुरा बताएका हुन् । उनले राप्ती गाउँपालिका राजधानीको पालिका भएकोले दुई उद्योग वाणिज्य संघ एक भए मात्र विकास हुन सक्ने बताएका छन् । उनले बाहिरी व्यापारीहरूलाई राजधानी क्षेत्रमा आउने वातावरणको सिर्जना गर्न आवश्यक रहेको बताए ।
संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति विवरण सचिव मदन पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमबहादुर चौधरीले प्रस्तुत गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष अध्यक्ष राजेन्द्र पुजाली, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राज कुमार आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, नेपाल उद्योग व्यापार संघ राप्ती गाउँपालिका अध्यक्ष गञ्जबहादुर विष्ट, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका सचिव तिर्थराज ज्ञवाली, हरियाली बचत तथा ऋण सहकारी संस्थाका राधा पाण्डे, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, देउखुरी टुडे डटकमका अध्यक्ष÷ प्रधानसम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव मदन पोख्रेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे