नेकपाको दुई समूहको कार्यक्रम एउटै पार्टी कार्यालय हुने भएपछि दाङमा सुरक्षा अबस्था कडा



नेकपाको दुई समूहको कार्यक्रम एउटै पार्टी कार्यालय हुने भएपछि दाङमा सुरक्षा अबस्था कडा

तुलसीपुर, १२ पुस । दाङमा नेकपाको केपी समूह र दहाल–नेपाल समूहको कार्यक्रम एउटै पार्टी कर्यालयमा हुने भएपछि सुरक्षा अवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुवै मूहको कार्यक्रम जिल्ला पार्टी कार्यलय घोराहीमा २ घन्टाको फरकमा आयोजना गरेपछि हुनसक्ने संभावित झडपलाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा बसेकाे  प्रहरी उपरीक्षक गनेश चन्दले जानकारी दिए ।

केपी समूहले ९ बजे आयोजना गरेपनि सुरू भएकाे छैन् भने दहाल नेपाल समूहले ११ बजे कार्यक्रम आयोजना गरेकाे छ । ‘दुबै समूहका नेताहरुलाई भेटेर, टेलिफोनमा कुरा गरिहेका छौ ,’ प्रहरी उपरीक्षक चन्दले भने–‘उहाँहरुले पनि सकारात्मक कुरा गर्नुभएको छ । हामीले पनि सम्भावित झडपलाई रोक्नेगरी प्रहरीलाई तयारी अवस्थामा राखेका छौ ।’ यता केपी समूमहका हुकुम बस्नेतले आफुहरुले कार्यक्रम गरिसकेपछि मात्रै अर्को समूहले कार्यक्रम गर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे