विपद् रोकथामका लागि वडा तहमा युवा दस्ता तयार पार्न आवश्यक छ : अध्यक्ष विष्ट



विपद् रोकथामका लागि वडा तहमा युवा दस्ता तयार पार्न आवश्यक छ : अध्यक्ष विष्ट

भालुवाङ २९ माघ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद्का घटना रोकथामका लागि वडा- वडामा युवा दस्ता तयार पार्न र बनेको कानुन कार्यान्वयन आवश्यक छ रहेको बताएका छन् ।

आइतबार स्थानीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले एक वडामा १० जनाको हिसावले ९० जना युवाहरूको टिम तयार गरि विपदको घटनालाई रोकथाम गर्न सकिने बताएका छन् । साथै उनले वनजंगलमा आगो लगाउनेलाई कारवाही हुन्छ, कानुन पनि बनेको छ तर कार्यान्वयन नहुँदा समस्या भएको बताए । अध्यक्ष विष्टले विपदका आवश्यक  सामाग्रीहरू स्थानीय सरकारले उपलब्ध गराउने समेत बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सहभागी सरोकारवालाहरूले सामुदायिक वन तथा समुदायमा प्राकृतिक रूपमा भन्दा मानवीय क्रियाकलापका कारण आगलागी हुने गरेकोले सचेतना आवश्यक रहेको बताएका छन् । त्यस्तै उनीहरूले फायर फाइटर टिम बनाएर जान सके पनि आगलागी भईहालेमा केही कमी आउने बताएका छन् । त्यस्तै उनीहरूले सचेतना सँगै कानुन बनाएर गएमा केही कमी आउने बताएका छन् । त्यस्तै उनीहरूले विपद बाजा बजाएर नआउने हुँदा त्यसबाट बच्न बालबालिकालाई प्रज्वलनशील वस्तुबाट टाढा राख्ने त्यसै गरि सिलिन्डर ग्याँसको चेकजाँच गर्ने र सामुदायिक वनका उपभोक्ताहरूलाई वनमा आगो लगाउँदा त्यसले पार्ने असर तथा प्रभावका विषयमा जानकारी गराउन सुझाव दिएका छन् । त्यसै गरि विपदको पुर्व तयारीमा कमजोर भएकोले त्यसलाई क्रियाशील बनाउन र उद्वारका सामाग्री प्रयाप्त मात्रामा तयारीमा राख्नुपर्ने सुझाव दिएका छन् । बैठकले सुख्खा मौसम सुरु भएसँगै विपद जन्य विभिन्न प्रकृतिका घटनाहरु हुने हुँदा त्यसबाट बच्न पालिका भित्र रहेका सम्पूर्ण सरोकारवाला निकायहरुलाई पूर्व तयारीमा जुटन आग्रह गर्ने निर्णय गरेको छ।

सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्का, २ का अध्यक्ष पहलवान चाैधरी, ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरी, ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख तथा प्रहरी निरिक्षक अमरबहादुर माझी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तम अधिकारी, राप्ती गाउँपालिकाका कर्मचारी दामोदर भण्डारी लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण फोकल पर्सन सुभाष भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे