युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन राज्यले नीति र योजना ल्याउनुपर्छ : उपसभामुख खाँण



युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन राज्यले नीति र योजना ल्याउनुपर्छ : उपसभामुख खाँण

बुटवल २८ माघ । लुम्बिनी प्रदेशका उप सभामुख मेनुका  केसीले राज्यले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताएकी छिन् । बुटवलमा आयोजित दायित्व फेलोसिप संगोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख केसीले यस्ताे बताएकी हुन् ।

उनले पछिल्लो समय युवाहरूको विदेश पलायनको अवस्था दुखद रहेको भन्दै युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन राज्यले आवश्यक नीति र योजना ल्याउनुपर्नेमा जोड दिइन् ।  देश बदल्ने जिम्मेवारी युवाहरुको काधमा आएको बताइन् । उनले सबैले आआफ्नो कर्तव्य जिम्मेवारी पुर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश मामिला तथा कानुन समिति सदस्य भोजप्रसाद श्रेष्ठले युवाका लागि सीप र क्षमताका आधारमा कानुन तथा नीति निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भावनाको आधारमा नभई तथ्यमा आधारित रहेर नीति नियम र योजना बनाउन जरुरी रहेको भन्दै उनले युवाहरूले स्वदेशमै केही गरेर देखाउनुपर्ने बताए । यस्तै कार्यक्रममा अर्थ, उद्योग तथा पर्यटन समिति सदस्य तुलसीप्रसाद चौधरीले विधेयक निर्माण गर्दा सम्बन्धित सरोकारवालाहरू सँग छलफल गर्ने गरेको उल्लेख गर्दै लगानी गर्नासाथ प्रतिफल खोज्ने युवाहरूको प्रबृत्तिका कारण समस्या सृजना भएको बताए ।

यस्तै कार्यक्रममा नेपाली काग्रेसका नेतृ तथा प्रदेशसभा सदस्य निमा गिरीले नेपालमा तथ्यांक लिने तरिकामै त्रुटि रहेको भन्दै त्रुटिपूर्ण तरिकाबाट लिइएको तथ्यांक सहि नहुने र गलत तथ्यांकका आधारमा बनाइने नीति नियम तथा योजनाबाट मुलुकको समृद्धि सम्भव नहुने बताइन् । उनले तथ्यांक लिने तरिका सुधार गर्न जरुरी रहेको भन्दै उहाले तथ्यांक सुधार अभियान सञ्चालन गर्नुका साथै युवालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिए ।

छलफल संवाद कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले दोस्रो आवधिक योजना अन्तिम चरणमा पुगेको बताउँदै आवधिक योजनालाई टेकेर मध्यमकालिन खर्च संरचना र त्यसका आधारमा बार्षिक नीति तथा कार्यक्रम अगाडी बढाएको उल्लेख गरे । कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसकी उपप्राध्यापक तथा अधिवक्ता बिमला पोखरेलले नेपालमा गरिने रिसर्च एकेडेमीक क्वालिफिकेशनका लागि मात्रै,खोज अनुसन्धान जस्तो बिषय बिक्रीको साधन बनाउन नहुने बताए  ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सचिव दुर्गम कुमार पुन विज्ञहरूसँग छलफल गरेर मात्रै विधेयकहरू अगाडि बढाउने बताए । सरोकारवालाहरूसँग छलफल गरेर कानुन निर्माण गर्नुपर्ने तर सरोकारवालाहरूनै इन्ट्रेष्ट ग्रुपको रूपमा देखापर्ने गरेको जिकिर गरे ।  प्यानल डिष्टसन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभामाका सचिव दुर्लभकुमार पुनले दोस्रो कार्यकालको दुई बर्षको अबधिमा लुम्बिनी प्रदेश सभाबाट १० वटा कानुन निर्माण भएको बताए । उनले अघिल्लो कार्यकालमा ७२ वटा कानुन निर्माण गरिएको जानकारी दिदै युवाहरूको विदेश पलायनको अवस्था दर्दनाक अवस्था रहेको भन्दै देशमा केही हुदैन भन्ने गलत भास्य निर्माण गरिएको भन्दै त्यसलाई राज्यले चिर्न सक्नुपर्ने धारण राखे ।

दायित्वका केन्द्रीय अध्यक्ष डा. पुकार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कृषि,बन तथा वातावरण समितिका सदस्य भगवती अधिकारी, दायित्व फेलो उदेन देवकोटा, समिक्षा भट्टराई, सोनिया बस्याल लगायतले आ-आफ्नो भनाई राखेका थिए । दायित्वका गर्भनेश्न गाइरेक्टर रक्षा सिल्वालको स्वागत मन्तब्यबाट शुरु भएकाे प्रमाणमा आधारित नीतिगत पैरवीका लागि युवा सरकार सहकार्य प्रवद्धन विषययक छलफल कार्यक्रममा सरंचारकर्मी सन्जु पौडेलले सहजीकरण गरेकी थिइन् भने धन्यबाद ज्ञापन दायित्वका कलमसिंह चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे