दाङमा केपी समूहको जिल्ला कमिटी ४०० सदस्यको बन्ने, अध्यक्षमा हुकुम बस्नेत



दाङमा केपी समूहको जिल्ला कमिटी ४०० सदस्यको बन्ने, अध्यक्षमा हुकुम बस्नेत

तुलसीपुर १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको जिल्ला कमिटी दाङ गठन हुँदै छ । हुकुम बस्नेतको अध्यक्षतामा ४ सय बढी सदस्य रहेको जिल्ला कमिटी गठन हुन लागेको स्रोतले जानकारी दिएको छ । जिल्ला कमिटीको अध्यक्ष हुकुम बस्नेत बन्ने छन् ।

केपी समुहको जिल्ला कमिटीको घोषणा र सपथग्रहण नौ बजे जिल्ला पार्टी कार्यालय घोराहीमा गरिने नेता हुकुम बस्नेतले जानकारी दिए ।

दहाल–नेपाल समूहको बेठक  ११ बजे

यसैबिच पुष्प कमल दहाल – माधव नेपाल समूको बैठक सोही पार्टी कर्यालयमा बिहान ११ बजो बोलाएको सचिव सुवास पुनले जानकारी दिएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारीक बैठक ११ बजे पार्टी कार्यालयमा बोलाएका छौ ।

आजको बैठकमा को को आउनुहुन्छ हेरौं,’ सचिव पुनले भने –‘ नआउनेलाई कारबाही गरेर रिक्त रहेको पदमा अन्य साथीहरुलाई थप्छौ । त्यो पनि आजको बैठकले अर्को बैठक कहिले बस्छ भन्ने कुराको निर्णय गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे