बीउ उत्पादनमा अब्बल बनेको सुर्योदय सहकारीको बार्षिक साधारणसभा



बीउ उत्पादनमा अब्बल बनेको सुर्योदय सहकारीको बार्षिक साधारणसभा

शिबराज पन्थी, गढवा १२ पुस ।

बीउ उत्पादमा अब्बल बनेको दक्षिण देउखुरीको एक मात्र सहकारी सुर्योदय बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बेला को २२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षतामा सुरु भएको बार्षिक साधारणसभाको उद्घाटन राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष केसीले दक्षिण देउखुरीको गढवा र राजपुरमा बीउ उत्पादनमा सुर्योदय सहकारी संस्था सर्बोत्कृष्ट रहेको बताउँदै सहकारी मर्म र भावना अनुरुप सेवामुलक कामहरुमा पनि ध्यान दिनुपर्ने धारणा राखे । कुनै समयमा नेपालकै दोश्रो उत्कृष्ट पुरस्कार पाएको यस सहकारी संस्थाले दक्षिण देउखुरी क्षेत्रमा निकै महत्वपुर्ण काम गर्दै आएकोमा अध्यक्ष केसीले प्रशंसा ब्यक्त गरे ।

?

कार्यक्रममा संस्थाका ब्यवस्थापक प्रेमनारायण न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाले कुल १० करोड ३५ लाख, ९७ हजार बराबरको आर्थिक कारोवार गरेको र सुद्ध बचत १९ लाख ३१ हजार रहेको कार्यक्रममा जानकारी गराइएको हो ।

सो अवसरमा उत्कृट बचतकर्ता राजपुर—१ का मायाकुमारी चौधरी, सबोत्कृष्ट बिउ उत्पादक गढवा—७ का बालकृष्ण चौधरी र टेकबहादुर कुवर क्षेत्री, राजपुर—१ का उत्कृष्ट ऋणि निमा बिक, उत्कृष्ट अनुशासनमा राजपुर—३ का दिनानाथ यादव तथा उत्कृष्ट कृषक समूह लक्षिनपुर कृषक समूह गढवा—७ लाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव, राजपुर गाउापालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनाल, जनज्योति माध्यमिक बिद्यालय बेलाका प्रधानाध्यापक केशबराम यादव, दुमदुमा आलु बीउ उत्पादक कृषि सहकारी संसथाका अध्यक्ष हरिकृष्ण अधिकारी र संस्थाका उपाध्यक्ष नमराज न्यौपाने लगायतले बोलेका थिए ।

शिक्षा उपसमितिका संयोजक चन्द्रकला गैरेको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभा उद्घाटन कार्यक्रमको संचालन बासुदेव खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे