नेकपा राजपुरले संसद विघटनको विरुद्धमा सडक आन्दोलन गर्ने



नेकपा राजपुरले संसद विघटनको विरुद्धमा सडक आन्दोलन गर्ने

राजपुर १२ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङको राजपुर गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार गाउँपालिकाले आयोजना गरेको विस्तारित बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै विभिन्न बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिकाका प्रवक्ता भिम वलिले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का (शेखर) को अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूको प्रमुखमा सम्पन्न विस्तारित बैठकले प्रतिगामीको बिरोध गर्ने, केपी ओलीको कु को भत्र्सना गर्ने, आगामी सड़क आन्दोलन गर्ने बैठकले निर्णय गरेको गाउँपालिका प्रवक्ता वलिले जानकारी दिए ।

यस्तै बिस्तारित बैठकले प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालेको असबैधानिक कदम प्रति घोर भत्सर्ना जाहेर गर्दै, नेपाल कम्युनिस्ट आन्दोलन र सिङ्गो रास्ट्रप्रतिको धोका हो भन्ने निश्कर्ष गरेको छ ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाङ जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, नेपाल कम्युनिस्ट पार्टी नेकपा कि क्षेत्रीय संयोजक मिना गुरूङ, जिल्ला सदस्य रामप्रसाद यादव, निमकुमारी झाक्रि लगायतले बोलेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका इञ्चार्ज सिल्पा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शंकर चौधरीले गरे । दाङको राजपुरमा आईतवारबाट बृहत् रूपमा सडक आन्दोलन गर्ने निर्णय बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे