चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड-माधव पक्षले फोडे



चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड-माधव पक्षले फोडे

चितवन ११ पुस । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् ।

भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे