मुक्त कमैयाँकाे २६ बर्ष : भूमि विधेयक मार्फत प्रदेश सरकारले समस्या हल गर्ने पक्षमा छ : मन्त्री चाैधरी



मुक्त कमैयाँकाे २६ बर्ष : भूमि विधेयक मार्फत प्रदेश सरकारले समस्या हल गर्ने पक्षमा छ : मन्त्री चाैधरी

देउखुरी २ साउन । लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चाैधरीले सरकारले भूमि समस्या समाधानका लागि कानुनी बनाउने काम गरिरहेकाे बताए । मुक्त कमैयाँ समाज दाङकाे आयाेजनामा आज शनिबार लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका देउखुरीकाे राप्ती गाउँपालिका-३, मसुरिया श्रीचाैरमा २६ औँ मुक्त कमैयाँ दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री चाधरीले भूमि सम्बन्धी बिधेयक निर्माण गरिरहेकाे बताए । उनले विधेयक मार्फत भूमि सम्बन्धि सबै खाले समस्या समाधान हुने बताए ।

साथै उनले प्रदेश सरकार सुकुम्बासी बस्तीमा डाेजर चलाउने पक्षमा रहेकाे बताए । उनले प्रदेश सरकार सुकुम्बासी, मुक्ति कमैयाँकाे सरकार रहेकाे स्पष्ट पारे । मन्त्री चाैधरीले तराईकाे पूर्व क्षेत्रका थारूहरूकाे सुकुमबासी, मुक्त कमैयाँकाे समस्या धेरै बर्ष पहिले नै समाधान भईसकेकाे बताउँदै लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थारू समुदायहरू अहिले पनि मुक्त कमैयाँ, सुकुम्बासीहरूले पीडा खेप्नु दुखद भएकाे बताए । उनले भूमि सम्बन्धि अधिकार प्रदेशलाई नभए कै कारण भूमिकाे समस्या जटिल बन्दै गएकाे बताए । भूमिकाे समस्या समाधानकाे अधिकार प्रदेशले पाउनु पर्ने बताए ।

समाजका दाङ जिल्ला अध्यक्ष हरिचन्द्र चाैधरीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतमा भएकाे कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले बालेन सरकारले सुकुम्बासीबस्तीमा डाेजर चल्न नदिने बताए । उनले सुकुम्बासीबस्तीमा डाेजर चले आफू जेल, नेल भाेग्न तयार रहेकाे भन्दै संघ सरकारलाई चेतावनी दिए । सांसद चाैधरीले सुकुम्बासी, मुक्त कमैयाँकाे पुर्नस्थापना नहुँदा सम्म डाेजर लगाउन नदिने पक्षमा आफू रहेकाे प्रष्ट पारे । उनले पुराना दलकाे बिकल्प घण्टी सरकार राेज्दा नागरिकले दुख पाएकाे बताए । बिगतमा एमाले, काँग्रेस र माओवादी नेतृत्वकाे सरकारले भूमि समस्या समाधान तर्फ लागेकाे थियाे । तीनै दलकाे स्पष्ट बहुमत नहुँदा समयैमा समाधान नगर्न नसकेकाे स्वीकार गर्दै अहिलेकाे दुई तिहाईकाे बालेन सरकार कानुन बनाएर लालपुर्जा दिन सक्नु पर्ने तर किन लालपुर्जा दिन नखाेजेकाे बिषय अब जनताले बुझ्नु पर्ने बताए ।

समाजकी लुम्बिनी प्रदेश उपाध्यक्ष सन्ताेली चाैधरीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमलापति चाैधरी, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुनकुमार अधिकारी, समाजका केन्द्रीय सदस्य मनबुझाउन चाैधरी, तुलसी चाैधरी, समाजका पूर्व केन्द्रीय सदस्य पुष्पा चाैधरी, महिला समाजकी केन्द्रीय सदस्य तुलसी चाैधरी, समाजका प्रदेश सदस्य मानबहादुर नेपाली, कमैया महिला जागर समाजका दाङ जिल्ला अध्यक्ष सुन्दरूपनी चाैधरी, समाजका लमही नगर अध्यक्ष डम्मर पुन, भूमि अधिकार मञ्च लमही नगर अध्यक्ष समसाेन गिरी, समाज गढवाका अध्यक्ष छुकान चाैधरी र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाभरबाट सहभागी भएका हजाराैँ मुक्त कमैयाँहरूकाे विशाल र्याली सहित विभिन्न नाराहरू लगाउँदै प्रदेश राजधानी परिसर परिक्रममा गरी प्रदेश सरकार परिसर नजिक रहेकाे श्रीचाैरमा आई औपचारिक कार्यक्रममा परिणत भएकाे थियाे ।

दाङमा अहिले पनि छुट ३ हजार ३ सय ८५ जना छुट मुक्त कमैयाँ रहेका छन् । उनीहरू अहिले पनि गुठी, वन, विद्यालय तथा सरकारी जग्गामा बस्दै आएका छन् । बि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले मुक्त कमैयाँ घाेषणा गरेकाे थियाे । त्यही दिनलाई मान्दै मुक्त कमैया समाजले प्रत्येक बर्ष आज कै दिवस कमैयाँ मुक्त दिवस मनाउँदै आएका छन् । कार्यक्रमकाे सञ्चालन कमैया महिला जागर समाज नेपालका केन्द्रीय सदस्य राजकुमारी चाैधरीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे