राष्ट्रिय सभाको हिउँदे अधिवेशन १७ गते देखि शुरु हुने



राष्ट्रिय सभाको हिउँदे अधिवेशन १७ गते देखि शुरु हुने

काठमाडौं ११ पुस । राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत असार १८ गते अधिवेशनको अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे