रेडक्रस उपशाखा लालमटियाको सभापतिमा उत्तम कुमार अधिकारी सर्वसम्मत निर्वाचित



रेडक्रस उपशाखा लालमटियाको सभापतिमा उत्तम कुमार अधिकारी सर्वसम्मत निर्वाचित

भालुवाङ १९ माघ । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सभापतिमा उत्तम कुमार अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार राप्ती गाउँपालिका–३ मसुरीयामा भएको तेह्रौ वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । त्यसै गरी उपशाखाको उपसभापतिमा शान्ता आचार्य, सचिवमा अनिल पौडेल, सह–सचिवमा महेश रिजाल, कोषाध्यक्षमा कृष्ण सुवेदी, सह–कोषाध्यक्षमा शान्ता शाही सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरमा दुर्योधन पाण्डे, देवराज न्यौपाने, विनोद भुसाल, तारा भण्डारी, बोधीप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत थम्मन चौधरीले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रम उपशाखा सभापति किरण भण्डारीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी दाङका जिल्ला सभापति मदन गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरि भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे