नागरिकलाई कानुनी रूपमा जवाफदेही बनाउन आवश्यक छ : सभापति बुढा



नागरिकलाई कानुनी रूपमा जवाफदेही बनाउन आवश्यक छ : सभापति बुढा

देउखुरी २० माघ । लुम्बिनी  प्रदेशसभाका प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले नागरिकलाई कानुनी शिक्षा प्रदान गरी जवाफदेही बनाउन आवश्यक रहेको बताएकी छिन्। दायित्व संस्थाले दाङ देउखुरीकाे भालुवाङमा  आयाेजना गरेकाे फेलोशिप नीति संवाद अन्तरक्रिया तथा छलफल कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएकी हुन् ।

उनले तीन तहका सरकारले बनाएका कानुनहरु नागरिकले थाहा पाउनुपर्ने बताइन् । सरकारले बनाएका कानुनहरु टाठाबाठाहरु मात्र नभई समान्य नागरिकहरुकाे पहुँच र जबाफदेही बनाउन तीनै तहका सरकारकाे भूमिका रहेकाे जाेड दिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश कानुन समितिका सदस्य एवं प्रदेशसभा सदस्यहरु रत्नबहादुर खत्री, भोजप्रसाद श्रेष्ठ, भुवनेश्वरप्रसाद चौधरी,  जमुना ढकाल, इन्द्रकुमारी गहतराज, निमा गिरी, लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन र उप-सचिव ईश्वरीप्रसाद आचार्य लगायतले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक प्रभावकारी र दक्ष प्रादेशिक शासन निर्माणका लागि महत्वपूर्ण रहेको बताएका थिए ।

उनीहरूले प्रादेशिक अधिकारीहरूलाई दक्षतापूर्वक सेवा प्रदान गर्न सक्षम बनाउने, क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने तथा सार्वजनिक प्रशासनलाई सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक आवश्यक रहेकोमा जोड समेत दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार चौधरी, सुशीला बादी, प्रदेश मामिला तथा कानुन समितिका सचिव एवं कानुन अधिकृत राधा रोकाया, विवास बोहरा, सुरजप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा दायित्व संस्थाका अनुसन्धनकर्ता फेलो समीक्षा भट्टराईले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक सम्बन्धी नीतिगत बिषय संक्षेप प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन दायित्व संस्थाका सीजीपी परियोजना संयोजक रक्षा सिलवालले गरेकी थिइन् भने दायित्व संस्थाका फिल्ड संयोजक कमलसिंह थारूले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे