देउखुरी टुडे सहित ३ सञ्चार माध्यम, ३ पत्रकार र ५ संस्था सम्मानित

दाङ १९ माघ । प्रेस चौतारी नेपाल दाङको शनिवार घोराहीमा भएको १० औं जिल्ला अधिवेशनले देउखुरी टुडे डटकम सहित ३ सञ्चार माध्यम, ३ पत्रकार र ५ संस्था सम्मानित तथा पुरस्कृत भएका छन् ।
यसरी सम्मानित तथा पुरस्कृत हुने पत्रकारहरुमा प्रेस चौधरी अविरल पत्रकारिता पुरस्कारबाट राप्ती पोष्ट÷नयाँ युगबोध राष्ट्रिय दैनिकमा कार्यरत अग्रज पत्रकार भुवन देवकोटा, चौतारी प्रतिभा पुरस्कारबाट राजमार्ग अनलाइनका सम्पादक दिपक जिएम र रेडियो प्रकृति एफ.एम तुलसीपुरमा कार्यरत पत्रकार प्रेमकुमारी बुढामगर रहेका छन् । त्यसै गरि सम्मानित हुने सञ्चार माध्यमहरुमा देउखुरी टुडे डटकम, लौवा अग्रासन साप्ताहिक, सामुदायिक रेडियो हापुरे रहेका छन् । भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ, दाङ, नयाँ पाइला पुर्नस्थापना केन्द्र र बुद्ध इन्टरनेशनल हस्पिटल दाङलाई सम्मान–पत्र सहित सम्मान गरिएको छ ।