राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू



राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

भालुवाङ १६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा बुधवार देखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।

राप्ती गाउँपालिकाको आयोजना एवम् श्री माध्यमिक विद्यालय मौरीघाटको व्यवस्थापनमा प्रतियोगिता सुरू भएको हो । राप्ती गाउँपालिका खेलकुद निर्देशन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा खेलकुद प्रतियोगिता शुरु भएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख शर्माले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताएका छन् । उनले राप्ती गाउँपालिका खेलकुदको उर्वर भुमि भएकाले यहि पालिकाबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउँदै खेल राष्ट्रका लागिका महत्वपुर्ण रहेको बताए ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताए । गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर आपसी मेलमिलापको रुपमा पनि लिनुपर्ने बताइन् । खेल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष ओली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । श्री माध्यमिक विद्यालय मौरीघाटका खेल शिक्षक प्रमोद पौडेलले धन्यवाद ज्ञापन र विद्यालयका प्रधानाध्यापक पुर्ण क्षेत्रीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक बासुदेव रिजालले गरेका थिए ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गतका २६ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूले मार्चपासमा सहभागीता जनाएका थिए । भने प्रावि देखि माध्यमिक तह सम्मका ३३ वटा विद्यालयले खेलमा भाग लिएका छन् । प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तरगत दौडहरु, मार्सल आर्ट, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते खेल र प्रावि तर्फ हिसाव दौडलाई समावेश गरिएको छ । खेल माघ १६ देखि १८ गते सम्म विद्यालयकै परिसरमा चल्ने आयोजकले जानकारी दिएको छ । यसै बीच शहिद दिवसका अवसरमा शहिदहरुको तस्वीरमा मल्यार्णपण गरि सहितहरु प्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे