सरकारमा जान धोकेबाजलाई विश्वास गर्न मन छैन : प्रचण्ड



सरकारमा जान धोकेबाजलाई विश्वास गर्न मन छैन : प्रचण्ड

देउखुरी १२ माघ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको बताएका छन् । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, कालापानीमा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रो संग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।

सरकारमा जान हतारो नभएको भन्दै आफू जनताको बीचमै रमाईरहेको पनि दावी गरे । ‘पछिल्लो चोटी नराम्रो धोका खाए मैले र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’ उनले भने ,‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाईमा पुर्‍याउने संकल्प लिएको छु ।’

अध्यक्ष प्रचण्डले माओवादीका जनप्रतिनिधिले जितेका स्थानीयतह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे । उनले आफु सरकारमा हुँदा र सरकारबाट बाहिरिदा पनि निरन्तर जनताको पक्षमा जडिरहेको दावी गरे ।‘ सरकारमा हुदा र सरकारबाट बाहिर हुदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’उनले भने,‘सरकार होइन, म जनता संग रमाईराखेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेका गरेका थिए । उतिबेला शिलान्यास भएको अस्पताल मध्ये राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे