लमही महोत्सवमा आज पल शाह आउँदै



लमही महोत्सवमा आज पल शाह आउँदै

लमही १२ माघ । दाङको लमहीमा सञ्चालित सातौं देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को आज तेस्रो दिन माघ १२ गते शनिवार नायक पल शाह आउन लागेका छन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा शाह सँगै चर्चित  गायिका सिर्जना खत्री, गायक, मोडेल तथा उद्घोषक विजय पुन, मोडेल नारायणी खत्री लगायका कलाकारहरु पनि आउन लागेकाे कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । माघ १० गते देखि २७ गते सम्म सञ्चालन हुने महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ । कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे