मृगाैला राेगबाट मृत्यु भएका परिवारलाई महाेत्सवका व्यवस्थापकद्वारा १५ हजार सहयाेग
देउखुरी ९ माघ । सिसहनियाँ महाेत्सवस्थल नजिक दुबै मृगाैला खराब भई गत माघ ५ गते मृत्यु भएका मन्टुप्रसाद चाैधरीकाे परिवारलाई महाेत्सव ब्यवस्थापकहरूले नगद १५ हजार सहयाेग प्रदान गरेका छन् । बिगत ५ बर्ष देखि मृगाैला राेगबाट पिडित भएका मन्तुप्रसाद चाैधरीकाे गएकाे माघ ५ गते शनिबार ४१ बर्षकाे उमेरमा आफ्नै निवासमा मृत्यु भएकाे थियाे ।
यसैबीच महाेत्सव सञ्चालनकाे चाैधाैँ दिन अर्थात मृत्यु भएकाे पाँचाैँ दिन आज बुधबार महाेत्सवका व्यवस्थापकहरू हिरा हमाल, त्रिकेन्द्र जिसी र हरि रावत (हरि दंगाली) ले सयुक्त रूपमा नगद रू १५ हजार सहयाेग प्रदान गरेका हुन् । महाेत्सवस्थल नजिक भएकाे र मृगाैला राेगबाट लामाे समय सम्म ग्रसित भई निधन भएकाे भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनलाई गहिराे समवेदना समेत प्रकट गरेका छन् । साथै माेहत्सव व्यवस्थापकहरू तीनै जनाले पिडित परिवारलाई अगामी दिनमा थप आवश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसैबीच महाेत्सव आयाेजक सिसहनियाँ उद्योग बाणिज्य संघले पनि पिडित परिवारलाई नगद सहयाेग प्रदान गर्ने जनाएकाे छ । संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकीले महाेत्सव समापन समाराेहमा पिडितलाई नगद सहयाेग गर्ने बताए । मृतकका श्रीमती उद्योग बाणिज्य संघकाे सदस्य समेत रहेकाेले संघ र व्यपारीहरूबाट संकलित सम्पूर्ण रकम एक मुष्ठ सहयाेग प्रदान गरिने अध्यक्ष बुढाथाेकीले बताए ।