देउखुरीकाे जनकपुर मौरीघाटमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु



देउखुरीकाे जनकपुर मौरीघाटमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

भालुवाङ ६ माघ। दाङ देउखुरीकाे राप्ती गाउँपालिकाको वडा नम्बर ४, जनकपुर मौरीघाटमा  पितृ तथा गौ संरक्षण सेवाका लागि  श्रीमदभागवत सप्ताह धन धान्याञ्चल भक्ति ज्ञान महायज्ञ २०८१ सुरु भएकाे छ ।जंगालु चाैधरी एवं श्रीमती रामपति चौधरी त्यसै गरी छोरा बुहारी विष्णुप्रसाद चौधरी र कुसमानी चाैधरी एवं समस्त चाैधरी परिवारकाे आयोजनामा आइतबार देखि महायज्ञ सुरु भएकाे हाे ।  महायज्ञकाे उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाजको निर्माण सम्भव हुने बताएका छन्। अध्यक्ष विष्टले  समाजमा दुवै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “भौतिक विकासले समाजलाई उन्नत बनाउँछ भने आध्यात्मिक चेतनाले मानिसको आन्तरिक शुद्धता र नैतिकतामा सुधार ल्याउँछ। यी दुवै पक्षलाई एकसाथ अघि बढाउन सकेमा मात्र सभ्य र समृद्ध समाजको निर्माण हुन सक्छ।”महायज्ञ उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी, प्रमुख कथा वाचक सन्त श्री कृष्णशरण दास महाराज, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग तथा प्रशिक्षण सेवा केन्द्र शाखा राप्ती-१ पाखापानीका प्रमुख यमुना दिदी, प्रवक्ता माधव तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  विष्णुप्रसाद चौधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट प्रमुख आतिथ्यता एवं प्रमुख कथा वाचक सन्त श्री कृष्णशरण दास महाराजकाे विशिष्ट आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चाैधरी, इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी, जनकपुर टाेल विकास संस्थाका अध्यक्ष चित्रम चाैधरी, कथा उपवाचक महेश गौतम, सञ्चारकर्मीहरु लगायत भक्तजन तथा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो । कार्यक्रमकाे सहजीकरण पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । महायज्ञ उद्घाटन पुर्व कलशयात्रा समेत निकालिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे